बुटवल, असार ३२
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण दोस्रो हप्तादेखि उठान रोएको छ ।
पछिल्लो पटक असार १४ गते उडान भएपछि त्यसयता मौसमकै कारण पटक पटक उडान प्रभावित बन्दै आएको जनाएको छ ।
कार्यपालिका अनुसार उडान नभए पनि साप्ताहिक एक वा दुई उडान भइरहेको अवस्थामा मौसमका कारण सोही उडान पनि प्रभावित बनेको छ ।
रेसुङ्गा विमानस्थलमा सातामा चार वटा नियमित उडान हुने कार्यपालिका थियो । जसबाट काठमाडौँ जाने आउने यात्रुहरू समस्या परेको उनीहरू अहिले यातायात या भैरहवा आएर काठमाडौँ जानु परेको गुल्मीमा रमेश खनालले बताए ।
मौसमको प्रतिकूलताका कारण पछिल्ला सबै उडान स्थगित भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार हाल आइतबार, सोमबार, मङ्गलवार र शनिवार नियमित उडान हुने कार्यपालिका रहेको छ । काठमाडौँ–रेसुङ्गाको भाडा प्रतियात्रु ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौँ ७ हजार ३ सय छ ।
मङ्गलवार पनि रेसुङ्गामा जहाज आउने कार्यपालिका रहेको थियो । तर, रेसुङ्गाको मौसमकै कारण काठमाडौँबाटै जहाजले उडान भरेको थिएन । यसअघिको उडान कार्य तालिकामा भने काठमाडौँबाट उडान भरेको जहाज रेसुङ्गामा अवतरण हु नसकेको थिएन ।
वर्षा यामको समयमा रेसुङ्गा विमानस्थल कुहिरोले ढाक्छ । खुल्ला आँखाले देखेकै भरमा विमानस्थलमा जहाज अवतरण गर्नुपर्ने अवस्था रहेका कारण बर्षायामको सममयमा पटक पटक जहाज अवतरणमा समस्या हुने गरेको छ । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमअन्तर्गत नेपाल एयरलाइन्सको ट्विटर जहाजले सफल परीक्षणपछि २०८० वैशाखबाट नियमित उडान सुरु गरेको थियो । उक्त जहाज काठमाडौँ–रेसुङ्गा बिहान ६स्३० बजे र रेसुङ्गा–काठमाडौँ बिहान ७स्४० बजे उडान भर्दै आएको छ । रेसुङ्गा नगरपालिकाको अगुवाइमा रेसुङ्गा विमानस्थलबाट नियमित उडानका लागि पहल गरिएको थियो । यदि यात्रु कम भएमा केही यात्रु बरावरको रकम नगरपालिका दिएर भएपछि विमानस्थल सांचानल गर्ने सहमति भएको थियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend