logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलको नवीन मावि मा चर्चित अभिनेता पल शाह


  • आइतबार, असार २९ २०८२

बटवल आषाढ २९
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा चर्चित नेपालका अभिनेता तथा मोडल पल शाह (पूर्ण विक्रम शाह) लगायतको प्रतिनिधि मण्डलले विद्यालयको अवलोकन तथा विद्यार्थीसँग अन्तरक्रिया सम्पन्न गरेको छ।
उक्त अन्तरक्रिया क्रममा नेपाली अभिनेता तथा मोडल पल शाहले विद्यालयमा विद्यार्थीहरू तथा शिक्षकहरूका माझमा उपस्थित हुन पाउँदा आफूलाई साह्रै खुसी लागेको र विद्यार्थी जीवनको झल्को लागेको धारणा व्यक्त गर्दै विद्यार्थीहरूले पनि आफ्नो पठनपाठनलाई अब्बल बनाउँदै आफ्नो रुचि अनुसारको पेशालाई अगाल्न सुझाव दिनुभयो।
नेपाली मोडल तथा अभिनेत्री बेनिसा हमालले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको अभिनेता तथा अभिनेत्री प्रतिको क्रेजको उच्च सम्मान गर्दै समस्त विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
उक्त कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयले अवलम्बन गरेका शैक्षिक असल अभ्यास तथा गतिविधिहरूको बारेमा जानकारी गराउँदै विद्यालयमा देशकै चर्चित अभिनेता र अभिनेत्रीलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा वित्तशास्त्र विषय शिक्षक डा. विष्णुप्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend