logo
  • शुक्रबार, असोज ३० २०८३

युवा व्यवसायी  कार्कीद्धरा  उप निर्वाचनमा यस्तो सन्देश 


  • मंगलबार, असार २४ २०८२

बुटवल असार २४,
रुपन्देही क्षेत्र नम्बर ३ मा उप निवर्चान हुने भए पनि धेरैले निर्वाचनलाई निकै चासोका साथ हेरेका छन्।
रुपन्देहीको तिलोत्तमा निवासी कार्कीले  निर्वाचन युवाहरू एकजुट हुँदै देशमा राजनीतिलाई स्वच्छ बनाउँदै नयाँ राजनीतिक संस्कृति स्थापना गर्नुपर्ने अहिले आवस्यता रहेको उल्लेख गरेका छन् ।
गुल्मी पुर्ख्यौली घर भएको कार्कीले  लामो समयदेखि रुपन्देही व्यवसायी  सफल युवा मानिन्छन्,राजनीति  चेत भएका कार्कीले यहाँ विभिन्न सामाजिक सङ्घ संस्था नेतृत्वसँगै व्यापारी रूपमा पनि  नयाँ नयाँ  भिजन सहित सफल भएका छन् ।
कार्की अहिले निर्वाचनमा रुपन्देही क्षेत्र  नम्बर ३ को उप निर्वाचन  मैदानमा नजाने तर आगामी  निर्वाचन २०८४मा देश निर्माण गर्नको लागि गुल्मी क्षेत्र नम्बर १ वटा  मैदानमा जाने योजना रहेको खुलाएका छन्।
लेखेको सामाजिक  सञ्जालमा यस्तो रहेको छ
म जन्मेदेखि आजसम्म, हाम्रो देश नेपालको राजनीतिमा, एउटै वास्तविकता बारम्बार देखिँदै आएको छ  एउटै व्यक्तिले निरन्तर दोहोराउँदै एकले अर्कोलाई गाली गर्ने, आरोप लगाउने, विभाजनकारी भाषा प्रयोग गर्ने र स्वार्थको राजनीतिले जनतालाई दुःखी बनाउने काम  गरेको छ ।
विरोध गर्नु लोकतन्त्रको सार हो, तर व्यक्तिगत स्वार्थको लागि विरोध गर्नु राष्ट्रिय हितको विरोध हो। परिवर्तनको आशामा बारम्बार आशा गरिएको तर त्यो व्यवहार कहिल्यै दिगोपन र संस्थागत प्रणालीमा परिणत भएको देखिएन। उनले अगाडि लेखेका छन् । हामीले बुझ्नुपर्छ, राजनीतिक विचारधारा वा पार्टी सिद्धान्तहरू खराब छैनन् जसरी नेपाली काँग्रेसले लोकतन्त्र र सामाजिक सहमतिको सिद्धान्त बोकेको छ, एमाले अनुशासन र विकास उन्मुख शासनको अवधारणा बोकेको छ, माओवादी केन्द्रले वर्गीय न्याय र समानताको एजेन्डा बोकेको छ,रास्वपाले राष्ट्र, संस्कृति र पहिचानमा जोड दिन्छ, रास्वपाले सुधार, जबाफदेहिता र वैकल्पिक नेतृत्वको आवाज उठाएको छ। यी सबै दलका सिद्धान्तहरू आफ्नो ठाउँमा सकारात्मक छन्।समस्या विचारमा होइन, नेतृत्वको चरित्र, कार्यशैली र अन्तर्निहित स्वार्थमा छ। अब युवा पुस्ता एकताबद्ध होस्। राजनीतिलाई स्वच्छ बनाऔँ। र नयाँ राजनीतिक संस्कृति स्थापना गरौँ। परिवर्तन गरौँ, देश परिवर्तन हुनेछ। सबै एक होऔँ युवाको जय होस्, देशको जय होस्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend