काठमाडौं । असार २४
रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर १८ जना सम्पर्कविहीन भएका छन् । जसमध्ये ६ जना चिनिया नागरिक रहेका छ । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं।२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ । बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधन आवत जावत बन्द भएको प्रहरीको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका तीन प्रहरी सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको हो । बाढीले ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ ।बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend