logo
  • शनिबार, कार्तिक १ २०८३

एनआरएन क्यानडाको अध्यक्ष पदमा चन्दा अधिकारीको उम्मेदवारी


  • आइतबार, असार २२ २०८२

काठमाडौँ , असार  २२
एनआरएन क्यानडाको अध्यक्ष पदमा चन्दा अधिकारीको उम्मेदवारी  दिने घोषणा गरेकी छन्  । लामो समयदेखि क्यानडाको विभिन्न सामाजिक  काम गर्दे आएकी अधिकारीले अहिले  अध्यक्ष उम्मेदवारी दिने   घोषणा गरेकी छन् । उनले  यस कारणले दिएको उल्लेख गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा  यस्तो उल्लेख गरेकी छन् ।
म नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विश्वास राख्छु। हाम्रो समुदायलाई क्यानेडियन सरकारद्वारा उपलब्ध गराइने सेवा र सुविधा सहज रूपमा पुर्‍याउन र पहुँच बढाउन म प्रतिबद्ध छु।
क्यानडामा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन गरी, उनीहरूको आवश्यकता र समस्या बुझ्न महत्त्वपूर्ण छ। म यसका लागि सक्रिय पहल गर्नेछु।
क्यानडामा बसोबास गरी क्यानडियन नागरिक बनेका नेपालीहरूले आफ्नो पेन्सन नेपालमै प्राप्त गर्न सकून् भनेर सरकारसँग समन्वय गर्दै पहल गर्ने मेरो लक्ष्य हो।
निर्वाचन पश्चात् मेरा प्रमुख एजेन्डाहरूमा तथ्याङ्क सङ्कलन, कम्युनिटी हाउस निर्माण, पेन्सन व्यवस्थापन सुधार, र क्यानेडियन राजदूतावाससँगको सम्बन्ध सुधार सामेल छन्।
महिला र युवाका लागि म विशेष योजना ल्याउनेछु जसले महिलालाई सामाजिक रूपमा सशक्त बनाउनेछ र युवाहरूलाई नेपाली र क्यानेडियन संस्कृतिबिचको खाडल भर्नेछ।म तपाईँहरूको साथ र विश्वासको अपेक्षा गर्दछु, ताकि हामीले नेपाली समुदायलाई अझ समृद्ध र सशक्त बनाउन सकियोस्।क्यानडाका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै, कुनै पनि समुदायका कार्यक्रमहरूबिच द्वन्द्व नहोस् भनी सचेत भएर काम गर्नेछु। समुदायका समस्याहरू पहिचान गरी तिनीहरूको समाधानमा सहजीकरण गर्ने, सहकार्य र सहयोगका साथ अघि बढ्ने मेरो प्रतिबद्धता छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend