बुटवल १७ असार ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू बिच विज्ञान प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सामाजिक विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा यही असार २१ गते शनिवार कार्यक्रम गर्न लागिएको हो ।
शनिवार बिहान ८ बजेदेखि रुपन्देही जिल्ला र नवलपरासी पश्चिम जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरू र प्राविधिक धार सञ्चालित सबै सामुदायिक विद्यालयका विद्यार्थीहरू बिच विज्ञान प्रदर्शनी गर्नको लागि सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले दर्ता गर्ने अन्तिम समय असार १८ गते सम्म निर्धारण गरेको नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए।
उक्त प्रदर्शनीलाई सभ्य र भव्य रूपमा सञ्चालन तथा व्यवस्थापनको लागि सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर विष्टको अध्यक्षतामा प्रदर्शनी आयोजना स्थल नवीन औद्योगिक कदर बहादुर रिता मावि देवी नगरमा तयारी बैठक सम्पन्न भएको छ । बैठकमा प्रदर्शनी तयारीका बारेमा छलफल भएको थि