logo
  • शुक्रबार, असोज ३० २०८३

रुपन्देही–३ मा उपनिर्वाचनमा को सम्भावित उम्मेदवार छन्


  • मंगलबार, असार १७ २०८२

बुटवल, असार १७ ,
प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन तोकिएको छ । निर्वाचन आज सोमवार  निर्णय   सँगै दलहरूबाट सम्भावित उम्मेदकारका नामा चर्चा हुन थालेको छ ।
यहाँ यसरी चर्चा हुने राष्ट्रिय सभा पूर्व  सदस्य खिमलाल भटराई देखी  पूर्व गृह मन्त्री बालकृष्ण सम्म रहेका छन् ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले मिति घोषणा गरेको छ । दलहरू उम्मेदवार चयनमा केन्द्रित हुनु अघि नै आकाङ्क्षीहरू सक्रिय हुन थालेका छन् ।नेकपा एमालेबाट रुपन्देही–३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । तर यहाँ  पूर्वप्रदेश सभा सदस्य दधिराम न्यौपाने, एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थी लगायतको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले अहिले बजारमा आएको हल्लाभन्दा पनि पार्टीले गर्ने औपचारिक निर्णय कुर्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेसबाट बालकृष्ण खाँण उम्मेदवार बन्ने चर्चा छ । भुटानी शरणार्थी प्रकरणमा मुद्दा चले पनि उम्मेदवार बन्न पाउने भएकाले उनी आवश्यक तयारीमा जुटिसकेको बताइन्छ । यद्यपि उम्मेदवारीबारे उनले खुलेर बताइसकेका छैनन्
काँग्रेस रुपन्देही जिल्ला सभापति एवं बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाणले मुद्दा चलिरहे पनि कानुनी रूपमा निर्वाचनमा उम्मेदवार हुन पाउने तर उम्मेदवार बन्ने कि नबन्ने भन्ने विषयमा अहिलेसम्म औपचारिक धारणा नबनिसकेको प्रस्ट पारे ।यहाँ काङ्ग्रेसबाट पूर्व सांसद प्रमोद यादव, पूर्व जिल्ला सभापति रामचन्द्र ढकालको पनि चर्चा छ ।
यहाँ राप्रपाबाट स्वर्गीय दीपक बोहराकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने सम्भावना छ । दीपकका दुई श्रीमतीमध्ये जेठी मञ्जुतर्फका छोरा गौरव पाइलट हुन् । कान्छी श्रीमती उन्नतितर्फका छोरा इन्जिनियर प्रज्जव बोहरा पनि राजनीतिमा आउन इच्छुक छन् । नातिनी स्वाती थापा पनि राजनीतिमा आउन इच्छुक रहेको बताइएको छ । अघिल्लो निर्वाचनको प्रचारप्रसारमा दीपक बोल्न नसक्ने अवस्थामा थिए भने स्वातीले नै दीपकका तर्फबाट मतदातालाई सम्बोधन गरेकी थिइन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेको कार्यकर्ता बताउँछन् ।
यहाँ राप्रपा जिल्ला अध्यक्ष एवं सिद्धार्थ नगरपालिका पूर्वमेयर सागर प्रताप राणा पनि उम्मेदवार बन्ने चाहना गर्दै छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पनि उम्मेदवार बन्नका लागि केही अघिदेखि नै दौडधुप गरिरहेका छन् ।
यहाँ रास्वपा बाट प्रदेश उपाध्यक्ष सालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल र बुटवलका चिकित्सक डा योगेन्द्र अग्रहरीको नाम चर्चामा छ । यद्यपि औपचारिक रूपमा पार्टीभित्र अझै उम्मेदवारीको विषयले प्रवेश नपाएको प्रदेश उपाध्यक्ष घिमिरेले  बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend