logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिको बैठक के के भए  निर्णय ? 


  • शनिबार, असार १४ २०८२

बुटवल ,असार १३ , नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा कमजोरी भएको ठहर गर्दे बजेट  संशोधन गर्नको लागि पार्टी संसदीय दल मार्फत सरकारलाई निर्देशन दिने निर्णय  गरेको छ ।
आज दाडमा  नेपाली  काँग्रेस लुम्बिनी प्रदेश समिति,जिल्ला सभापति, प्रदेश स्तरका पार्टी सङ्गठन प्रतिनिधिहरू सहित बसेको बैठकले प्रदेश  सरकारले ल्याएको बजेटलाई टुक्री देखिएको संशोधन गर्नको लागि निर्देशन दिने निर्णय  भएको प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताए। उनले दुई दलीय सत्ता गठबन्धनको   संयन्त्रलाईलाई पनि थप बलियो बनाउनुपर्ने विषयमा व्यापक छलफल भएको उल्लेख गर्ने संयन्त्रलाई थप बलियो र सक्रिय बनाउनु पर्ने निर्णय भएको बताए ।  प्रदेश सभापति अम्मर सिंह पुनको अध्यक्षता बसेको बैठकले नेपाली काँग्रेस पार्टीको निर्वाचन समय गर्नको लागि क्रियाशील  सदस्य नवीकरण तथा सदस्य थप गर्ने कार्यलाई छिटो सक्नको लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ। लुम्बिनी प्रदेश बजेट ल्याएको सत्तारुढ दलहरू भित्र व्यापक असन्तुष्ट रहेको छ।
नेपाली काँग्रेस आजको बैठक नेपाली काँग्रेस संसदीय दल नेता,सचेतक, मन्त्रीहरू नियन्त्रण गरिए पनि केही संसादहरु उपस्थित भएका थिए। यता   नेपाली काँग्रेस लुम्बिनी  प्रदेश प्रमुख सचेतक जामुना ढकालले आज सरकारले बजेट सम्बन्धी कार्यक्रम राखेको  कारणले संसदीय दलको नेता एवं पार्टीको तर्फबाट मन्त्री बनेकाहरू सहभागी हुन नसक्ने  जानकारी  बैठक गराइएकी थिएन। आज बैठकले नेपाली काँग्रेसले  विपतमा  सरकारले  गम्भीर  भएर लाग्नको लागि  आग्रह गर्ने पार्टीका कार्यकर्ताहरूले  विपत् आएका आ आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्न निर्देशन दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend