logo
  • शनिबार, कार्तिक १ २०८३

सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण


  • बुधबार, असार ११ २०८२

बुटवल , असार  ११
 दाङमा २३ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
 जिल्लाको लमही नगरपालिका वडा नं। ३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कट्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगी लगायतले भूमिहीन सुकुम्वासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरेका हुन ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो ।
 अध्यक्ष रिजालले तोकिएको समय सीमाभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने प्रतिबद्धता जनाए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend