logo
  • शुक्रबार, असोज ३० २०८३

माधव नेपाल बयानको लागि अदातल, एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • बुधबार, असार ११ २०८२

काठमाडौँ   असार  ११
प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका पुगेका छन् । उनीसँग तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको  छ यता नेकपा एकीकृत समाजवादी०ले सचिवालय  बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा असार १३ गते बस्ने गरी सचिवालय बैठक आह्वान भएको केन्द्रीय प्रचार विभागले जनाएको छ।
बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने  छ।
बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल गरिने छ।मुद्दाका प्रतिरक्षामा पार्टीका तर्फबाट भएका अनुसन्धानबारे छलफल गरिने कार्यसूची छ। माधव नेपाल सोही प्रकरणमा आज बयानको लागि अदालत  पुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend