बुटवल, असार ७
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत आज शनिवारका लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ ।
प्रदेश सरकारको अनुरोधमा तथा कार्य व्यवस्था परामर्श समितिको असार ६ गते बसेको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।यसै बैठकमा आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल प्रारम्भ हुने तयारी गरिएको थियो । तर अब उक्त छलफल पनि पछि सरेको छ ।लुम्बिनी प्रदेशमा बजेट छलफल गर्ने भनिए पनि सत्तामा रहेका दलहरू विच विवाद बाहिर आएको छ । जसका कारणले प्रदेश सभालाई केही पछाडि सारिएको हो ।