logo
  • शुक्रबार, असोज ३० २०८३

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् ः सांसद चन्द्र भण्डारी


  • बिहिबार, असार ५ २०८२

५ असार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।
सांसद भण्डारीले समाज युवाविहीन हुँदै गएकाले बिदेसिने युवालाई रोक्नुपर्नेमा जोड दिए । उनले युवाहरू शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेको उल्लेख गर्दे  गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत को अभाव हुन थालेको गम्भीर हुनुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का सांसद सूर्यप्रसाद ढकालले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण नगरेसम्म मुलुकको विकासले गति लिन नसक्ने दाबी गरे । उनले सत्तामा हुँदा गुणगान गाउने र सत्ताबाट बाहिरिएपछि सत्तोसराप गर्ने गलत राजनीतिक संस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताए ।उनले विकास विरोधी कानुनलाई समयसापेक्ष बनाउन सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend