बुटवल , चैत ३०
बुटवल उपमहानगर पालिका वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नववर्ष २०८२ को उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली र सिटिजन बैकको सहकार्य कान्ति माविको प्रगाढमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ ।
उक्त अवसर बुटवल वार्ड ४, वार्ड ३ तथा अन्य स्थानीय वासीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नि शुल्क औषधी समेत वितरण गरिएको वार्ड अध्यक्ष नरेश्वर पौडेल शर्माले बताए ।
उनले नागरिक स्वास्थ्य महत्पूर्ण रहेकोले वार्डको आयोजना हस्पिटल प्रालि र बैक सहकार्यमा स्थानीय स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको बताए ।
बुटवल हस्पिटल प्रा ली अध्यक्ष एवं समाजसेवी चुन्नु प्रसाद पौडेलेले हस्पिटल प्रालि नयाँ भवनमा सरेसँगै विभिन्न उपचारको विधि तथा उपकरणहरू थपिएको बताउँदै प्रालि प्युठान तथा अन्य ठाउँ पनि नि शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको बताए ।

सिटिजन बैक लुम्बिनी प्रदेश प्रमुख प्रदीप श्रेष्ठले बैकले नाफासँगै सामाजिक क्षेत्र कार्य भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरमा सहयोग गरेको बताए ।
शिविरमा ४ सय भन्दा धेरै बिरामीहरूको बुटवल हस्पिटल प्रा लिका चिकित्सक डा नन्दु पाठक , डा सागर पौडेल,डा कृष्णप्रसाद खनाल,डा चन्द्रकान्त शर्मा, डा विर्ख राज जोशी लगायतका एक दर्जनभन्दा धेरै चिकित्सकहरिले स्वास्थ्य परीक्षण गरेका थिए । उक्त अवसरमा स्वास्थ्य शिविर खटिएका स्वास्थ्यकर्मी तथा स्वयसेकहरुलाई सम्मान पत्र समेत वितरण गरिएको थियो।उक्त कार्यक्रम वाड सचिव सुन्दरी आर्चाय,पूर्व वार्ड अध्यक्ष टङ्क प्रसाद पराजुली ,कान्ति मा वि मा परीक्षा संयोजक खुमराज पौडेल, बुटवल हस्पिटल प्रालि प्रशासक विक्रम खड्का लगायत बोलेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend