logo
  • शनिबार, कार्तिक १ २०८३

शङ्कर नगर सामुदायिक बन उपभोक्ता समूहको विशेष साधारण सभा


  • आइतबार, चैत्र २३ २०८१

बुटवल ,चैत २४

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शङ्कर नगर सामुदायिक  वन उपभोक्ता समूहको विशेष साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले बुटवल मेडिकल कलेजलाई ५० विधा जग्गा उपलब्ध गराउन आएको प्रस्तावलाई अनुमोदन गरेको छ ।

साधारण  बोल्दै  लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री लीला गिरीले   कलेज स्थापना गर्नको  लागि काटिने वनका रुख उपभोक्ताहरूलाई भोग चलन गर्न दिनु पर्ने बताए।उनले स्थानीय संरक्षण गरेको रुख काट्ने अधिकार स्थानीयलाई आउनु पर्ने माग गरेका थिए। उनले मेडिकल कलेज निर्माणको लागि ५०विधा जग्गा दिए पनि मेडिकल कलेज स्थानीयको लागि आवश्यक परियोजना रहेको बताए।रुपन्देही वन डिभिजन प्रमुख प्रवीण विडारीले पछिल्लो समय रुपन्देहीका सडक, तथा विभिन्न परियोजनाको नाममा वनको क्षेत्र फल घट्दै भएको बताए।उनले वन हिन्दु धर्म संस्कारसँग जोडिएको प्रसङ्ग निकाल्दै जन्मदेखि मृत्युसम्म टुना टपरी देखी विभिन्न बस्तु आवश्यक पर्ने भएको बताए ।उनले तर पछिल्लो समय वन संरक्षण गर्ने तिर भन्दा सामान्य टुना टपरी आवश्यक पर्नसाथ भाट भटनी जस्ता सुपर मार्केटतिर जाने प्रचलन वृद्धि भएको बताए । कार्यक्रममा लुम्बिनी पूर्व महान्यायाधिवक्ता तथा उक्त सामुदायिक बनका कानुनी सल्लाहकार खुमानन्द पौडेलले विगतमा भुमाफियाहरुले बन अतिक्रमण गर्ने प्रयास गर्दा अदालती प्रक्रियाबाट  निकै मेहनत  गरेर संरक्षण गरेको उल्लेख गरे।उनले अहिले मेडिकल निर्माण लागि भोग अधिकार दिँदा स्थानीयहरूलाई लाभ हुने बताए। यस क्षेत्रका अन्तर्राष्ट्रियकरण मेडिकल कलेज स्थापना हुँदा चिकित्सक तथा नसिङ्ग जनशक्ति उत्पादन हुने,राज्यमा रोजगारी स्थापना हुने यहाँ विपन्न तथा अन्य बिरामीले सहज रूपमा उपचार पाउने बताए ।बुटवल मेडिकल कलेजका निर्देशक दिलीप देवकोटाले स्थानीय  उपभोक्ताको मर्म बमोजिम तथा नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय र प्रचलित कानुन अनुसार सहजीकरण आफूले गर्ने बताए। सामुदायिक बनका अध्यक्ष रवीन्द्र बस्नेतको अध्यक्षता भएको  कार्यक्रममा उक्त सामुदायिक बनकी सचिव कालिका अधिकारी, उपाध्यक्ष  कमला ज्ञवाली प्रेस सल्लाहकार खिमानन्द भट्टराई लगायत बोल्दै बन संरक्षण गर्दे मेडिकल कलेज निर्माण पर्नेमा जोड दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend