बुटवल , फागुन ९
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना गरिएको छ। कपडा बैङ्कको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र अभियन्ता तथा कोल्थ एन्ड फुड बैक नेपालमा अध्यक्ष कमल जिसीले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
कपडा बैङ्क गाउँपालिकाको सहकार्यमा कोल्थ एन्ड फुड बैकले स्थापना गरेको हो। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले यो बैकबाट स्थानीय सबै वर्गले लाभ लिन सक्ने बताए । उनले तत्काल विपन्न वर्गका नागरीहरूले यहाँ पकडा प्रयोग गर्न सक्ने देखिए पनि भएका दिने नभएको लिने बताए । उनले बैकले विपद्का बेला अत्यावश्यक सामाजिक कार्य गरेको बताए ।
२०८० फागुन ५ गते बुटवलबाट सुरु भएको कपडा बैङ्क अभियानले “आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही कपडाविहीन नरहून्” भन्ने उद्देश्य लिएको छ। संस्थाका अध्यक्ष कमल जिसीका अनुसार अहिलेसम्म बैङ्कमार्फत १,१०० भन्दा बढी घरपरिवारमा कपडा वितरण गरिएको छ भने १६० भन्दा बढी निकायसँग बैङ्क जोडिएको छ।

बाढी, पहिरो र आगलागीजस्ता विपद्मा सहयोग पुर्याउँदै आएको कपडा बैङ्कले सामाजिक सहयोग र सहानुभूति प्राप्त गर्नुका साथै फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्रनिर्माणमा योगदान र संसाधनको सही उपयोगमा पनि टेवा पुर्याइरहेको छ ।
कपडा बैङ्क सञ्चालनको अवधि १० वर्षका लागि तोकिएको छ। पाँचदेखि सात सय किलो कपडा राख्न मिल्ने बक्सहरू राखिने छन्। बैङ्कले कपडा सङ्कलन, सर्टिङ, वासिङ, सेनिटाइजिङ, प्याकेजिङ र वितरणजस्ता कार्य गर्नेछ। यसअघि जिल्लाको चन्द्रकोट गाउँपालिकामा पनि कपडा बैङ्क स्थापना भइसको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend