बुटवल ३ फागुन
पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनद्वारा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख र दुर्घटनाका सहायकलाई बिदाइ गरिएको छ भन्ने नव नियुक्त कार्यालय प्रमुखलाई स्वागत गरिएको छ । समितिमा लामो समय सम्म सेवा गरी सेवा निवृत्त हुनु भएका कार्यालय प्रमुख बाबुराम अधिकारी र स्वैच्छिक अवकाश लिनु भएका दुर्घटनाका सहायक शिव क्षेत्रीलाई बिदाइ गरिएको छ भन्ने कार्यालय प्रमुखमा नियुक्ति हुनु भएका प्रकाश गैरेलाई स्वागत गरिएको हो ।
स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हिम्मत आचार्यको अध्यक्षतामा बिदाइ तथा स्वागत कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै अधिकारी र क्षेत्रीले लामो समय सम्म सँगै काम गरेका कर्मचारीबाट आयोजित सम्मान तथा बिदाइ समारोहले आफूलाई हर्षित तुल्याएको बताउनु भयो । अबका दिनमा कामका दौरानमा एकै स्थानमा नभए पनि आपसी सम्बन्ध सदा सदाका लागि रही रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै नवनियुक्त कार्यालय प्रमुख गैरेले सबै कर्मचारी र सञ्चालकहरूको भावनाको कदर गदै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हिम्मत आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सचिव भूमिकला रानाले सञ्चालन गर्नु भएको थियो ।