बुटवल,फागुन १
नेपाल समाजवादी (नयाँ शक्ति ) पार्टीको केन्द्रीय सदस्यमा बुटवलका पङ्कज राई विजय भएका छन्। काठमाडौँमा भएको अधिवेशनको आज साँझ सार्वजनिक भएको मत परिमाण अनुसार राईले केन्द्रीय सदस्यमा आदिवासी र जनजाति युवा तर्फमा ३२३ मत ल्याई विजयी भएका हुन्
लामो समय उक्त पार्टीका विभिन्न पदमा बसेर काम गरेका राईले अगामी दिनमा पार्टीलाई थप व्यवस्थित गर्न, स्पष्ट दिशा निर्देश गर्नको महत्पूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् राई बुटवलका युवा व्यवसायी समेत हुन्।अध्ययशिल युवा नेता राईले सार्वजनिक महत्वको विभिन्न मुद्धाहरु बुटवलमा बेला बेला आएका उठाउँदै छन्। नेपाल समाजवादी (नयाँ शक्ति ) पार्टीको अध्यक्ष डाक्टर बाबुराम भट्टराई निर्वाचित भएका छन्।