logo
  • शनिबार, कार्तिक १ २०८३

पुर्व डिआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश


  • मंगलबार, माघ २९ २०८१

बुटवल ,
बुटवल । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
आज अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वसिष्ठ कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका ​स्रस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । आजै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तर्फबाट प्रेमराज पौडेल र गोर्कण घिमिरेले बहस गरेका थिए। जोशीको तर्फबाट मनोज चौधरीसहित दुई जनाले बहस गरेका थिए।

यसअघि रुपन्देही जिल्ला अदालतले भूतपूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटी लिएर लामिछानेलाई थुनाबाहिरै राखी मुद्दा अघि बढाउन आदेश दिएको थियो ।
रुपन्देहीका प्रहरी प्रमुख रन्जीत सिंह राठौरले अदातलको आदेश अनुसार जोशीलाई थुनामा पठाएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend