माघ १५,बुटवल
बुटवल उपमहानगरपालिका वार्ड ९ ईटाभट्टीमा अवस्थित स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा मङ्गलवार फरक विधामा साहित्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।यश विद्यालयले हरेक हप्ता केही न केही नयाँ विषयमा विद्यार्थीहरूलाई शिक्षणका अलावा अन्य कार्यक्रममार्फत उत्प्रेरणा जगाउँदै आएको छ ।
वर्तमान अवस्थामा विद्यार्थीहरू केवल मोबाइलमा मात्रै ध्यान दिने भएकाले साहित्यिक कार्यक्रम मार्फत पनि विद्यार्थीहरूलाई उक्त लतबाट छुटाउन विद्यार्थीको साहित्य रुचि वृद्धि गर्न सकिने अपेक्षा गरिएको छ ।
विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले विद्यार्थीले आफ्नो कला र गलालाई तिखार्न सकिने उपयुक्त फोरम भएको बताए ।
उक्त कार्यक्रममा प्रा डा।हिरण्यलाल ज्ञवालीले प्रमुख अतिथिको रूपमा रहेर विद्यार्थीहरूलाई प्रशिक्षण समेत गर्नुभएको थियो ।नेत्रप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय संयोजक शोभा रानी प्रधान,अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री,सावित्री पन्थी,रिता न्यौपाने , सिर्जना गौतम लगायतले कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।