बुटवल, मङ्सिर १४
लायन्स वल्क अफ बुटवल मेघा मेट्रोसिटी नाइट कार्यक्रम बुटवल सम्पन्न भएको छ ।
क्लब वार्षिक अन्तर्गत भएको मेघा मेट्रोसिटी नाइटको अध्यक्ष लायन गोपाल खरेल गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि ३२५ पी नेपालका गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्सक्लब सामाजिक क्षेत्र वर्षेदेखि लागेको भन्दै लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले सामाजिक उद्धरदाहित्व अन्तर्गत उकृष्ट काम गरेको बताए ।
कार्यक्रममा ३२५ पी नेपालका निवर्तमान अध्यक्ष लायन अर्जुनमान सुजै, प्रथम उपाध्यक्ष लायन बालाराम भट्टराई ,सचिव लायन माधव खनाल , कोषाध्यक्ष लायन प्रकाश कुमार श्रेष्ठ , क्लबका स्थापक अध्यक्ष लायन विनोद सुवेदी पूर्व अध्यक्षहरू लायन उमानाथ अधिकारी, लायन नवराज बन्जाडे, लायन राम प्रसाद बेलबासे निवर्तमान अध्यक्ष लायन इन्जिनियर गोविन्द लामिछाने नहरपुर माविका प्रअ धनेश्वर गौतम , क्लबका मार्केटिङ डाईक्टेर ध्रब प्रसाद कोइराला लगायत बोल्दै क्लब लाई सामाजिक बनाउनु पर्नेमा जोड दिएका थिए ।
सो अवसर कार्यक्रम शिक्षाको लागि अभिभावकत्व कार्यक्रम लायन्स क्लव अफ बुटवल मेट्रो सिटी अक्षयकोषबाट २ लाख ५०००० बराबरको बार्षिक व्याजबाट बुटवलको नरपुर माविका ३ जना विद्यार्थीहरुलाइ प्राथमिक तहदेखि १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने गरी चेक हस्तान्तरण गरिएको थियो ।सोही अवसरमा पर्यावरणको क्षेत्रमा काम गर्ने सर्प रेस्कुवर विशाल पाण्डेलाई सम्मान गरिएको थियो । भनेक्लबको डाइरेक्टरकी विमोचन साथै क्लबको टिसर्ट सार्वजनिक गरिएको कार्यक्रम संयोजक लायन प्रथम उपाध्यक्ष दिवाकर पौडेल जानकारी दिए । कार्यक्रमको संचालन सचिव मनोज गौतमले गरेका थिए ।