logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलको सिद्धबाबा अस्पतालमा लुम्बिनी विकास कोष उपाध्यक्ष डा लामाद्धरा अवलोकन ,अस्पताललाई  व्यापार भन्दा पनि पवित्र कर्मको रूपमा लिऊ


  • सोमबार, मंसिर १० २०८१

बुटवल ।मङ्सिर  १०
 बुटवलमा रहेको सिद्धबाबा हस्पिटलमा आज संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले  अवलोकन गरेका छन्।डा लामालाई  अस्पतालका संस्थापक अध्यक्ष डा  शक्ति बस्नेत अध्यक्ष डा दीपेश   प्रधान अस्पतालका प्रशासन  प्रमुख प्रकाश न्यौपाने लगायतले  स्वागत गरेका थिए।
बुटवल रामनगरमा २०७५ सालमा स्थापना भएको अस्पतालको  अवलोकन गर्दै डा लामाले अस्पतालले  जटिल प्रकार  रोगको  उपचार  गुणस्तर  र सुलभ दरमा गरेका प्रशंसा गरेका छन्।उनले  मुटु , मिर्गौला सँगै अन्य  जटिल प्रकार रोगीहरूको उपचार लागि  सरकारले राहत रकम  थप छुटाउनु पर्ने बताए। उनले विश्व लागु औषध प्रयोगकर्ताहरू कारणले  अपराध समेत वृद्धि भएको भन्दै लागु औषध प्रयोग नगर्ने समाज निर्माण गर्न सबैको दायित्व रहेको बताए ।उनले अस्पताललाई व्यापार भन्दा पवित्र कर्मको रूपको हेर्नुपर्ने बताए ।
अस्पतालका  संस्थापक अध्यक्ष डाक्टर शक्ति बस्नेतले  मिर्गौला रोग,मुटु रोग विशेषज्ञ, रोग विशेषज्ञ, दम, छाती तथा फोक्सो रोग विशेषज्ञ, स्नायु तथा मस्तिष्क रोग विशेषज्ञ उपचार  सेवा दिएको जानकारी दिँदै  विशिष्ट चिकिस्सकहरुले  गुणस्तरीय सेवा अस्पताल कहलिएको बताए । शिद्धबाबा अस्पतालमा सञ्चालक समितिका अध्यक्ष डा।दीपेश प्रधानले यो क्षेत्रमा निजी अस्पताल तथा क्लिनिकहरूमा भन्दा सुलभ दरमा उच्च प्राविधीको प्रयोग गरी गुणस्तरीय  सेवा दिएको बताए।अस्पतालका प्रबन्धक प्रकाश न्यौपानेले अस्पताल विभिन्न सेवाको विशेषज्ञ चिकित्सक सहित २४ घण्टामा सेवा रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend