logo
  • शनिबार, कार्तिक १ २०८३

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक


  • शनिबार, मंसिर १ २०८१

०१ मंसिर
बुटवल । नेपाल प्रिमियर लिग ९एनपीएल०को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले शनिबार आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको छ । आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले आफ्नो अफिसियल जर्सी सार्वजनिक गरेको हो ।

क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बासडर नायक राजेश हमाल र विशेष अतिथि आनी छोइङ डोल्माले संयुक्त रुपमा जर्सी सार्वजनिक गरे । जर्सी सार्वजनिक कार्यक्रममा लुम्बिनीका मार्की प्लेअर रोहितकुमार पौडेलदेखि अन्य खेलाडीहरु पनि सहभागी थिए । यस्तै जर्सी सार्वजनिक गरेपछि र्‍याली कार्यक्रम समेत आयोजना गरिएको छ ।लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सम्पूर्ण लुम्बिनीबासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेको बताए। ‘निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रङ्गले लुम्बिनीभित्र रहेको अखण्ड दिपको प्रतिनिधित्व गर्छ। साथै सिंहको रङ्ग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको छ। यो जर्सी हाम्रो एकता, जोश, र उत्कृष्टताको प्रतीक हो।’(उनले भने ।जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रूपमा काम गरेको बताए।क्यानको आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ । यसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend