१३ कात्तिक, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पामा गयराती ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।
बुटवलबाट पोखरा जाँदै गरेको लु१ख ९३५१ नम्बरको ट्रकले ना१क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
लु १ ख ९३५१ नम्बरको ट्रक चालक पाल्पाको रम्भा गाउँपालिका ३ बस्ने २३ वर्षीय भुवन सिंह रानाको मृत्यु भएको छ ।
उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले बताए । घटनामा ना १ क ७१२९ नम्बरका ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने २१ वर्षीय सज्जित खवास थापा घाइते भएका छन् ।ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।