बुटवल, कार्तिक १० ,
लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा शनिवार दिउसो केही युवाले आक्रमणको प्रयास गरेका हुन् ।
युवकहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पुर्याएको हो ।
गुप्ताले आफूमाथि आक्रमणको प्रयास गरिएको र गाडीमा सवार विधान्चल यादवको खुट्टामा चोट लागेको बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend