logo
  • शुक्रबार, असोज ३० २०८३

रविलाई रिहा गर्न माग


  • शनिबार, कार्तिक ३ २०८१

बुटवल , कार्तिक ३
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले सभापति रवि लामिछानेलाई राजनीतिक पुर्वआग्रह राखेर पक्राउ गरिएको भन्दै रुपन्देहीको भैरहवामा आज विरोध सभा गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमितिको आयोजनामा भैरहवाको बुद्ध चोक विरोध सभा गरिएको हो ।
रविलाई रिहा गर,सरकारको पुर्वआग्रह काम बन्द गर,षडयन्त्रकारी सत्ता मुर्दावाद जस्ता प्लेट कार्ड लिएर बुद्ध चोकमा भएको सभा गरिएको थियो । उक्त पार्टीको जिल्ला सभापति बुद्धि प्रसाद शर्मा,बुटवल सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत बोल्दै सरकारको सो कदमको विरोध गरेका थिए। उनीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको नभएको तर निर्दोष रविलाई फसाउने काम गरेको आरोप लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend