logo
  • शुक्रबार, असोज ३० २०८३

एन प्याप्सन रुपन्देहीमा पद हस्तान्तरण


  • शनिबार, भाद्र २९ २०८१

बुटवल, २९ भदौ । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल ९एन प्याब्सन० रुपन्देहीको १० सौ साधारण सभा तथा पद हसतान्तरण कार्यक्रम सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले सनिवार अध्यक्ष तिलक केसीलाई पद हस्तान्तरण गरेका छन । प्याप्सनको केन्द्रको सहमति अनुसार एकएक वर्षलाई नेतृत्व विभाजन गरे अनुसार समयमा नै पद हस्ताक्षर गरिएको उनले बताए । अध्यक्ष तिलक केसीले एनप्याप्सन समय र वचनको उदाहरण पेश गर्ने गरि काम गरेको बताए ।कार्यक्रमको एन प्याप्सनका केन्द्रिय अध्यक्ष सुभाष नेपालीले उद्घाटन गर्दै शिक्षामा नीजि क्षेत्रको योगदानको अवमुल्याकन भएको दाबी गरे । सरकारको ठुलो लगानीबाट आउने प्रतिफलभन्दा नीजि विद्यालयहरुको राम्रो नतिजा दिदै आएको भन्दै बेलामा नै नीजि क्षेत्रलाई सम्बोधन गर्न उनले आग्रह गरे ।कार्यक्रममा एनप्याब्सनका प्रदेश सचिव टोपेन्द्र खनालले निजि विद्यालयहरुलाई धरापमा पार्ने गरि रणनिति सफल नहुने तर्क दिदै यो खेललाई रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताए ।कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक पाठ्यक्रम र पद्यतीलाई बदल्न जरुरी रहेको बताए । कुनै पनि विद्यालय अहिले जस पाउने अवस्थामा नरहेको उनले दुखेसो गर्दै नेतृत्व र ब्यक्तित्व विकास गर्ने गरि शिक्षालाई जोड दिन जरुरी रहेको बताए । पाठ्यक्रमलाई प्रदेश संरचनामा ढालेर लैजान समेत उनले सुझाव दिए । सरकारको ठुलो रकम खर्च गर्ने सामुदायिक विदालयहरु १२ प्रतिशत नतिजा ल्याएको बेला निजि विद्यालय भने उत्कृष्ट नतिजा ल्याउन सफल रहेको उनले बताए ।कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, सदस्य बालकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बश्याल, प्रदेश सहसचिव जेबि क्षेत्री, पुरस्तक तथा स्टेशनरी केन्द्रिय सल्लाहकार मनहरी बश्याल, राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोज बहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष बाबुराम बन्जाडेले शिक्षा क्षेत्रमा पछिल्लोसमय नया परिवर्तन आउने लागेको भन्दै यसबाट थोरै भएपनि सुधार हुनेमा आशाबादी रहेको बताए ।यसैबिच शैक्षिक र खेलकुद विधामा योगदान दिएका पाच जना पत्रकारहरु तेजेन्द्र के.सी , स्वत्तीक श्रेष्ठ , झविन्द्र देवकोटा ,रविन्द्र \गुप्ता , कृष्ण भण्डारीलाई सम्मान गरिएको एन प्याब्सनका सचिव अमित यादवले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend