logo
  • शुक्रबार, असोज ३० २०८३

साधारण सभाको पूर्व सन्ध्यामा वृक्षारोपण


  • बुधबार, भाद्र २६ २०८१

बुटवल । भदै  २६
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको १८ औँ साधारण सभाको पूर्व सन्ध्यामा  वृक्षारोपण गरिएको छ ।
बुटवल १७ प्रतिनगरमा रहेको जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष टक प्रसाद न्यौपानेले खुद्रा किराना व्यवसायी सङ्घले विद्यालयमा हरेक वर्ष सामाजिक उत्तरदायित्वका कामहरू विद्यालयमा गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले सङ्घले संस्थाले  विभिन्न सामाजिक सेवा अन्तर्गत गर्दे  आएको बताउँदै अहिले विद्यालयमा   वृक्षारोपण गरिएको बताए ।
सल्लाहकार कृष्ण पाण्डेले वृक्षारोपण गर्नुभन्दा पनि त्यसको सुरक्षा गर्नु चुनौती रहेको बताउँदै आवश्यक मल तथा अन्य सामाग्रीको लागि सङ्घबाट त्यसमा व्यवस्थापन गरिने विश्वास दिलाए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्यौपाने , महासचिव दधि ज्ञवाली, नयाँ बुटवल टोल विकास समिति अध्यक्ष कृष्ण प्रसाद पोखरेल लगायतले बोलेका थिए । २०६२ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ भने विद्यालयमा २५० जना विद्यार्थी रहेका छन् । विद्यालयमा प्रगतीनगर क्षेत्रका अधिकांश अव्यवस्थित तथा न्यून आए भएका बालकालिकाहरुले अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend