बुटवल भदौ ७,
दोस्रो जुत्ता चप्पल व्यापार मेला आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिसरमा लाग्ने भएको छ ।
नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताए । मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने छ ।
बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिसरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने छ ।
दशैसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बरावरको कारोबार हुने लक्ष्य राखिएको छ ।हिन्दुहरूका चाडपर्वहरूलाई लक्षित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरू रहने फुटवेयर मेनिफेक्चरिङ्ग एसोसिएसन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।