logo
  • शुक्रबार, असोज ३० २०८३

नवीनमा असल अभ्यास कार्यक्रम ः शिक्षा नितिमा तत्काल सुधार गर्नुपर्छ ः पुर्व उपप्रधानमन्त्री केसी


  • आइतबार, भाद्र २ २०८१

बुटवल भाद्र २,
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विद्यालयका असल अभ्यास ९न्भ्ए० साझेदारी कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधान,सहकारी तथा गरिबी निवारण मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय चित्र बहादुर के।सी।ले देशको शिक्षा नीतिमा तत्काल सुधार गर्नपर्ने आजका विद्यार्थी भोलिका कर्णाधार भएकोले विदेश पलायन नभई पठनपाठन र सामाजिक क्षेत्रमा सक्रिय रूपमा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्दै प्रकृतिले सुन्दर देश नेपाल भएको, देशमा धेरै सम्भावना भएकोले देशलाई माया गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै विद्यालयको भौतिक पूर्वाधार शिक्षक तथा कर्मचारीका समस्याका बारेमा संसदमा र मन्त्रालयमा जोडदार आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले विद्यालयको समग्र सुधारको लागि अपनाइएका असल शैक्षिक अभ्यास, भौतिक ,व्यवस्थापकीय, आर्थिक ,शैक्षिक ,खेलकुद, अतिरिक्त क्रियाकलाप समुदायसँगको सम्बन्ध लगायतका विषयहरू प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह कक्षा १२ कि छात्रा कविता सोमैको सञ्चालनमा कार्यक्रम भएको थियो । विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत अनुसन्धान तथा गुणस्तर सुधार शाखाबाट असल अभ्यास संकलन, प्रकाशन र प्रविधिकरणमा विद्यालय छनोट भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend