logo
  • शुक्रबार, असोज ३० २०८३

पहिरोमा पुरिएर गुल्मीका ४ जनाको मृत्यु २ घाइते गुल्मी


  • मंगलबार, साउन २२ २०८१

गुल्मी, २२ साउन ।

अविरल वर्षापछि आएको पहिरोले गुल्मीको मुसिकोटमा ४ जनाको मृत्यु भएको छ ।मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुमुक बिक, साढे दुईवर्षका रियन्सा बिक र ६६ वर्षकी मसुरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर २३ वर्षकी मुना बिक र ३२ वर्षकी बिष्णु बिकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकीमा पठाएको प्रहरी निरीक्षक केसीले बताए ।

मंगलबार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको थियो । पहिरोमा पुरिएकाहरुको उद्धारको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend