logo
  • शनिबार, कार्तिक १ २०८३

गुणस्तर मापदण्डभन्दा विपरीत बुटवलको बजारमा दुध बिक्री


  • मंगलबार, साउन २२ २०८१

बुटवल ।

शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा विपरीत बुटवलको बजारमा दुध बिक्री हुने गरेको खुलासा भएको छ । सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत, एस।एन।एफ। ८, गाईको दुधमा ३।५ प्रतिशत फ्याट, एस।एन।एफ। ७  र मिक्स दुधमा ३।५ प्रतिशत फ्याट  एस।एन।एफ।को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १।८ प्रतिशत फ्याट भएको दुध विक्री वितरण हुने गरेको पाइएको छ ।  बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाइएको हो  ।

अनुगमन टोलीले बुटवलमा दुध सप्लायर्स गर्ने उद्योग, दूध वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको  प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादवले जानकारी दिए। दूधबाट फ्याटको मात्र झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको उनले बताए। दूधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवलमा विक्री वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा विपरीत पाइए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। व्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डभन्दा विपरीत दूध बेचेको पाइए तत्काल कारबाही गरिने उनको भनाइ छ । उपमहानगरपालिकाले मापदण्डभन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिनसक्ने व्यवस्था रहेको अर्यालले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend