logo
  • शुक्रबार, असोज ३० २०८३

बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडेपछि सेना प्रमुखको सम्बोधन- अन्तरिम सरकार बन्छ


  • सोमबार, साउन २१ २०८१

बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेना प्रमुखले सम्बोधन गरेका छन्।सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन्। अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ।

विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी (बिएनपी) का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ। बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरू प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका छन्। प्रदर्शनकारीहरूबाट असुरक्षा महसुस भएपछि सेनाको हेलिकप्टर चढेर हसिना देश छाडेकी छन्।उनी भारत गएको हुनसक्ने आशंका छ। यद्यपि अहिले यसबारे पुष्टि भइसकेको छैन। प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर हेलिकप्टरमा भारततर्फ उडेको दाबीसहित खबरहरू आइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend