logo
  • शनिबार, कार्तिक १ २०८३

रुकुम पश्चिममा बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ


  • बुधबार, साउन १६ २०८१

१६ साउन, काठमाडौं

रुकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।  उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।मंगलबार बलात्कार भएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरुविरुद्ध बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend