logo
  • शनिबार, कार्तिक १ २०८३

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो


  • बुधबार, साउन १६ २०८१

१६ साउन ।

बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा पुर्‍याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् ।राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ ।

माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend