logo
  • शनिबार, कार्तिक १ २०८३

बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते


  • मंगलबार, साउन १ २०८१

१ साउन, काठमाडौं ।

बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend