logo
  • शनिबार, कार्तिक १ २०८३

एसईईमा उत्कृष्ट नतिजा ल्याउने पाँच सामुदायिक विद्यालय सम्मानित


  • आइतबार, असार ३१ २०८१

३० असार, काठमाडौं ।

सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको संगठन प्रिन्सिपल एसोसियन अफ नेपाल (पान) ले एसईई (२०८०) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच वटा विद्यालयलाई सम्मान गरेको छ ।पानले शनिबार ‘एसईई २०८० को नतिजा तथा सुधारका पक्षहरु’ कार्यक्रममा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौंको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई र उपत्यकाबाट काठमाडौंको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई सम्मान गरेको हो ।

पानका अध्यक्ष सुदाम गौतमले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको मिहेनतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले अब सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई काम गर्न सम्बन्धित पालिकाले सहजीकरण गरिदिँदा शैक्षिक गुणस्तर उकास्न सहज हुने उनको भनाइ छ ।

विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधार गर्नका लागि विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने बताए । उनले भने, ‘विद्यालय जिम्मेवार उत्तरदायी बन्ने हो भने नतिजा सुधार गर्न सकिन्छ भन्ने उदाहरण हाम्रो विद्यालय पनि हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend