logo
  • शुक्रबार, असोज ३० २०८३

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, पूर्वनिर्धारित तालिका अनुसार चुनावी अभियानमा सक्रिय


  • आइतबार, असार ३१ २०८१

३० असार, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेको थियो । उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका अनुसार उनी २० वर्षका थोमस मथ्यु क्रुक्सको रुपमा पहिचान भएको छ । उनको बारेमा थप विवरण खुलिसकेको छैन । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend