logo
  • शुक्रबार, असोज ३० २०८३

त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन


  • आइतबार, असार ३१ २०८१

३० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् ।आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै खोजीकार्यलाई अझै तिब्रता दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए ।देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend