बुटवल , असार ३
बुटवलमा निजी लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिँदै आएको स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलले आफ्नो शिक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
सोमवार बुटवलमा भएको उक्त कार्यक्रममा रमेश अर्याल , दीपक ढकाल विजय पाण्डेले शिक्षकहरूलाई प्रभावकारी सञ्चार, मेरो विश्वास र मेरो जागिर विषयमा प्रशिक्षण दिएका छन् । उक्त विद्यालयमा कार्यरत ५ दर्जन शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रचारे बाबुराम बन्जाडेले विद्यालयको आफ्नो विशेषता रहेकोले उक्त गरिमालाई थप उच्च पुराउने काममा शिक्षक शिक्षिकाहरूले पनि महत्पूर्ण ध्यान दिनु पर्ने बताए । उनले शिक्षक तथा शिक्षिकाहरू पेसा
प्रति थप बफादार बन्नुपर्ने बताए। विद्यालयका सहायक प्रमुख टिका राम गौतमको सञ्चालन , लोक प्रसाद भण्डारीको स्वागतमा भएको कार्यक्रममा भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend