बुटवल ,जेठ २६।
रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य सङ्घको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ।
अधिवशेनवाट अध्यक्षमा ज्ञानेन्द्र कार्कीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको छ।जसको वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी,उद्योग उपाध्यक्षमा सूर्य प्रसाद न्यौपाने,वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद भण्डारी,महासचिवमा राजकुमार पाण्डेय,कोषाध्यक्षमा टिकाराम भण्डारी,सचिव विना न्यौपाने , सहसचिव कृष्ण प्रसाद पाण्डेय, सहकोषाध्यक्ष वसन्त रोका रहेका प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जनाकारी दिए।
यस्तै गरी सदस्यहरूमा राधिका देवी शर्मा,शेरबहादुर थापा,छोटोलाल यादव,रोमनाथ गैरे,गङ्गारामपाण्डेय,नरेश बहादुर क्षेत्री,अन्जना केसी,कमल भुसाल,अर्जुन पराजुली ,सालिकराम वोस्ती, अङ्कित भुसाल, गोविन्द रेग्मी निर्वाचित भएका छन्।
यसअघि साधारण सभाको उद्घाटन गर्दे तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले उद्योग समस्याहरू समाधान गर्नको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
गुणनिधि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उज्ज्वल कसजु,बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल,घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भुमेश्वर ढकाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामराम पोखरेल लगायत बोलेका थिए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend