बुटवल ज्येष्ठ २०,
२०८० को एसइई परीक्षामा रुपन्देही जिल्लाका ५८ वटा परीक्षा केन्द्रहरूमध्ये उत्कृष्ट केन्द्राध्यक्षको भूमिका निर्वाह गर्नुभएका नवीन औद्योगिक कदर बहादुर रिता मावि देवी नगर बुटवलका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई रुपन्देहीमा पुरस्कृत गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईले आज भैरहवामा एक कार्यक्रमका विच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, जिल्ला परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले प्रधानाध्यापक बस्नेतलाई नगद तथा प्रमाणपत्रले सम्मान गरेका छन् ।
बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा एसइई २०७९ मा सबैभन्दा ठुलो परीक्षा केन्द्र जसमा ९३१ जनाले परीक्षा सहभागिता रहेको थियो ।
विद्यालयले परीक्षा केन्द्रलाई थप व्यवस्थित गर्न नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय र लुम्बिनी वाणिज्य क्याम्पसको ३ बिघाको संयुक्त खेलमैदानमा छुट्टाछुट्टै पिलर गाडेर पहिचान सहित छात्र छात्राको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो ।
यस्तै परीक्षाको बेलामा विद्यार्थीहरू तथा सरोकारवालाहरूलाई परीक्षाको समग्र विवरण सहित सुसूचित गर्न योजनाबद्ध नक्साङ्कन सार्वजनिक गरी विद्यार्थीहरूलाई प्रवेश गराउने
छात्रछात्राहरूले झोला तथा सामग्री राख्ने छुट्टै पहिचान सहित राख्ने व्यवस्था छात्र र छात्राको छुट्टाछुट्टै प्रवेश पत्र र परीक्षा निषेधित सामग्री जाँच गर्ने छुट्टाछुट्टै स्थान व्यवस्था पहिलो दिन व्यवस्थित परीक्षाको लागि विद्यार्थी आचार संहिता सम्बन्धी संक्षिप्त अभिमुखीकरण गरी निर्देशन विद्यार्थीहरूलाई भवनमा प्रवेश गर्दा बढी भिडभाड व्यवस्थापन गर्न आवतजावत गर्न छुट्टाछुट्टै सिडीको अस्थायी शौचालय, औषधी तथा सामग्री सहित स्टाफ नर्सको व्यवस्था विद्यार्थीहरूलाई सहजीकरण गर्न हेल्प डेस्कको व्यवस्था गरिएको थियो ।
लोडसेडिङमा जेनरेटरको व्यवस्था प्रत्येक दिन परीक्षाको समीक्षा बैठक विद्यार्थी मैत्री फर्निचरको व्यवस्था परीक्षा सकिने बेलामा बढी भिडभाडमा उत्तर पुस्तिका हराउन सक्ने सम्भावना हुने भएकोले परीक्षा सकिन अन्तिम ५ मिनेट म्यासेजका गेट सिल गर्ने लगायतका असल अभ्यासहरू अवलम्बन विद्यालयले गरेको थियो उक्त विद्यालय सामुदायिकतर्फ विद्यार्थी सङ्ख्यामा नेपालमै ४६८१ विद्यार्थी सहित पाँचौँ स्थानमा रहेको छ । विद्यालयमा मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा होटेल व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ ।
सोही अवसरमार शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीको आयोजनामा समसामयिक शैक्षिक सवालहरू परीक्षा र मूल्याङ्कन प्रणाली सुदृढीकरण विषयक आइतबार भैरहवा जिल्ला समन्वय समिति रूपन्देही, जिल्ला परीक्षा समन्वय समिति रूपन्देही, शिक्षा विकास तथा समन्वय इकाई रूपन्देही, रूपन्देहीका १६ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख र कक्षा १० तथा कक्षा १२ को परीक्षाका परीक्षा केन्द्राध्यक्षहरु बीचको अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिकास बक्ताहरुले शिक्षालाई परिर्वन गर्नुे प्रमुख विषय परिक्षा र मुल्याङ्गक रहेको बताका छन् ।
कार्यक्रमा प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले एसइईको परीक्षा केन्द्र निर्धारण गर्दा भौतिक पूर्वाधारमा कमजोर भएका विद्यालयलाई परीक्षा केन्द्र निर्धारण गर्न नहुने र विद्यालयहरुले आगामी दिनमा परीक्षालाई थप सुधार तथा व्यवस्थित गर्न निर्देशन दिए । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एसइइ परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षलाई पुरस्कृत गर्ने र समसामयिक शैक्षिक सवालहरू, परीक्षा र मूल्याङ्कन प्रणालीसुदृढीकरणगर्दे रुपन्देहीको शिक्षा सुधारमा थप टेवा दिनुपर्ने बताए ।
उक्त अवशरमा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडे रुपन्देही जिल्लाको शैक्षिक झलक लगायत समसामयिक अवस्था बारेमा प्रस्तुत गरेका थिए ।
नेपाल सरकारका पुर्व सह सचिव डा। भोजराज काफ्लेले कार्यपत्र पेश गर्दै नेपाल र विदेशको शिक्षामा भएका अभ्यासहरू र अनुभवहरुको सम्बन्धमा कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड लुम्विनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेश अध्यक्ष एवं शान्ती नमुना मा।वि। का प्र।अ। कुल प्रसाद लामिछाने, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, भानु मा।वि। प्र।अ। मोतिलाल सुवेदी, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, स्कलार्सहोम वोर्डिङ्ग स्कुलका प्राचार्य बाबुराम बन्जाडे, शिक्षापत्रकार समुहका केन्द्रिय अध्यक्ष कृष्ण मल्ल र २०८० को एसइईको परीक्षामा उत्कृष्ट केन्द्राध्यक्षमा छनौट भएका नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत अधिकृत विष्णु प्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य शाखा अधिकृत झविलाल वि।क। ले गरेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend