logo
  • शुक्रबार, असोज ३० २०८३

सहकारीको धर्म,मर्म र कर्म नमिल्दा माइतीघर उफ्रिनु पर्ने अवस्था ः सचिव दुवाडी 


  • शनिबार, जेष्ठ १२ २०८१

बुटवल, जेठ १२,
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण  मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको धर्म,मर्म र कर्म नमिल्दा अहिले माइतीघर मण्डलामा उफ्रिनु परेको बताएका छन्।
आज बुटवलमा सहकारी विभागले आयोजना गरेको सहकारी क्षेत्रको विद्यमान समस्या र समाधान विषयमा अन्तरक्रिया बोल्दै मन्त्रालयका सचिव  दुवाडीले नेपालमा सहकारीको  इतिहास पुरानो भए पनि सहकारी मूल्य मान्यता  विपरीत केही सञ्चालक र नेताहरूले चलाउँदा सहकारी यस्तो समस्या  आएको बताए।
उनले पूर्व मेचीको मान्छेलाई पश्चिमी महाकाली सम्मको सदस्य बन्दा समस्या भएको जिकिर गर्दै सदस्य बन्नेदेखी धितो सम्म नराखी ऋण दिँदा अहिले काठमाडौँ माइतीघरमा उफ्रिनु पर्ने अवस्था आएको बताए।
उनले सुरुमा सहकारीको अनुगमन गर्न  सरकार  चुकेको भन्दै  गर्दै अव पछिल्लो दिन मन्त्रालय अनुगमन र कारबाही गर्ने गरेको बताए।
उनले बचतकर्ता रकम अपचलन गर्ने जो कोही भए पनि कानुनी दायरमा आउने स्पष्ट पारे । उनले बचतकर्ता रकम अपचलन गर्ने जो कोही भए पनि कानुनी दायरमा आउने स्पष्ट पारे।  सहकारीको समस्या रोक्नको लागि बचतबर्ताहरु नै सचेत बन्नु पर्ने बताए ।
सहकारी विभागका रजिस्ट्रार  पीताम्बर घिमिरेले  सहकारीको महत्त्व संविधानले पनि उल्लेख गरेको बताउँदै सहकारी मर्म अनुसार चलाउनको लागि सबै जिम्मेवार बन्नुपर्ने बताए।
उनले सहकारीहरूमा देखिएको समस्या निवारण गर्नको लागि विभाग सक्रिय रूपमा लागेको बताए ।
नेपाल  बचत तथा ऋण महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले बचत तथा ऋण कारोबार गर्ने सहकारीलाई अप्ठ्यारोमा सहयोग गर्न परिकल्पना गरिएको ‘सहकारी स्थिरीकरण कोष’ सञ्चालन छिटै ल्याउनु पर्ने बताए । उनले सहकारी सञ्चालक र व्यवस्थापकहरू जिम्मेवार नहुँदा सहकारीमा समस्या आएको बताए।नेपाल बचत तथा ऋण महासङ्घका रुपन्देहीका अध्यक्ष वसन्त ढकालले ऐनले स्थानीय तहलाई सहकारी दर्तादेखि अनुगमन सम्मको सबै अधिकारी दिएकोले जनप्रतिनिधि सहकारी सञ्चालन समितिमा बस्न नमिल्ने बताए । उनले सहकारी शिक्षालाई प्रभाकारी रूपमा लैजानुपर्ने बताए। नेपालमा ३१ हजार २७३ सहकारी रहेको छन् ।जसमा ७४ लाख सदस्य रहेको सहकारी विभागको तथ्याङ्क रहेको छ। भने ९४अर्ब सेयर धनी रकम  र कर्जा ४ खर्व रहेको छ
कार्यक्रमका  जिल्ला सहकारी सङ्घ रुपन्देहीका  अध्यक्ष भीम तुलाचन ,  प्रदेश  बचत तथा क्रृण सहकारी सङ्घका अध्यक्ष कृष्ण  नेपाल , भरत  भुसाल ,  प्रकाश भट्टराई  ,  ज्ञानु  पाण्डेय ,  राम प्रसाद  पौडेल, भानु पौडेल , खगराज  शर्मा  लगायत बोल्दै सहकारीले अर्थतन्त्र   ठुलो  योगदान दिएकोले  व्यवस्थित  गरेर अगाडि लैजानुपर्ने बताएका थिए

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend