नयाँ वर्षको उपलक्ष्यमा खुद्रा किराना व्यवसायी संघद्धरा गौशालाका गाईबस्तुलाई दानापानी
बुटवल,वैशाख १
रुपन्देही खुद्रा किराना व्यवसायी संघद्धरा नयाँ वर्षको उपलक्ष्यमा बुटवलको नन्दनी गौशालामा रहेको गाईहरूलाई दाना खुवाएको छ ।
सङ्घले नयाँ वर्ष तथा कार्य समितिको सामाजिक कार्य गर्त आज शनिवार नन्नदी गौशालामा रहेको गाईबस्तुहरूलाई भेली,चापड,नुन,घाँस खुलाएको हो ।
सङ्घका अध्यक्ष महेन्द्र पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा ,मानव अधिकारी तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भटराई,रुपन्देही डेरी व्यवसायी सङ्घको अध्यक्ष रामकृष्ण शर्मा,होटेल व्यवसायी सङ्घ रुपन्देहीमा कोषाध्यक्ष माधव ढकाल,खुद्रा किराना व्यवसायी सङ्घका निर्वातमान अध्यक्ष मोहन बस्याल,पूर्व अध्यक्ष केशव कुँवर,सल्लाहकार कृष्ण प्रसाद पाण्डेय,महासचिव दधिराम ज्ञवाली,होटेल कुस्तुरमा सञ्चालक बेदु पाण्डेले लगायत बोलेका थिए।
बुटवलमा गाईबस्तुहरूले दुर्घटना वृद्धि एवं किसानहरू दुख दिएपछि बुटवल उपमहानगरपालिकाले गौशालामा गाई बस्तुहरू राखेर संरक्षण गरेको हो।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend