logo
  • शनिबार, कार्तिक १ २०८३

लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा


  • सोमबार, चैत्र २६ २०८०

, २६ चैत
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन् । आयोगको उपाध्यक्षमा डा। केसीलाई निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका थिए । डा केसीले राजीनामा दिएसँगै आयोगका सदस्यहरू डा। सुरजकुमार वली, सरोज खनाल र गीता केसी पनि बाहिरिएका छन् ।
केसीले यस अवधिमा सातै प्रदेशका योजना आयोगहरूको राष्ट्रिय भेलामार्फत प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको दाबी गरेका छन् ।
उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्ताबेज तयार गरिएको बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend