logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा पनि   अख्तियार दिवस मनायो ः स्थानीय तहका धेरै उजुरी  


  • आइतबार, माघ २८ २०८०

बुटवल , माघ  २८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तह विरुद्धका उजुरीका चाङ रहेको छ । अख्तियारको ३३ औं स्थापना दिवसको उपलक्षमा बुटवल कार्यालयले पनि कार्यक्रम गरेको कार्यक्रम यस्तो तथ्याङ्क ल्याएको हो । अवसरमा अख्तियारका बुटवल कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तह विरुद्धका उजुरी बढी आउने गरेको  बताए ।  लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा ३ हजार २५८ रहेको भन्दै धेरै उजुरी स्थानीय तह विरुद्धकै भएको उल्लेख गरे ।  लुम्बिनीमा बुटवल र नेपालगन्जमा अख्तियारको कार्यालय ले प्रदेशका १२ वटै जिल्ला हेर्ने गरेको छ । बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५३३ उजुरी रहेकोमा ६९.१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फर्स्योट भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै विस्तृत अनुसन्धानमा रहेका  १०३ मध्ये ४१ वाट फस्टौट गरेको जनाएको छ ।
कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रतिनिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने  बताए । उनले  भ्रष्ट्राचार  र कमिसनका  गर्ने खानेहरूलाई अहिले   सजाय कम भएको बताए । उनले व्यक्ति हत्याले  एक जनाको  हत्या  गर्ने  तर  भष्ट्राचारीले  धेरैको रगत पसिना  खाने भएको  सोही अनुसार सजाय गर्नु पर्ने बताए ।  कार्यक्रमका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अख्तियारमा कतिपय उजुरी दुख दिने र रिसिबी साध्ने गरी पर्ने गरेको बताए । उनले     बजेट निर्माण गर्दा सुचकन  आधार निर्माण गर्ने परिपाटी  निर्माण गरेर भ्रष्टाचार कम गर्न सकिने बताए ।
प्रदेश सभाका  सभामुख तुलाराम घर्तीले अख्तियारले कतिपय निकायको छानबिन गर्न नसक्ने भन्दै यसको क्षेत्राधिकार विस्तार हुनुपर्ने धारणा राखे। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले कतिपय जनप्रतिनिधिले राम्रो काम गर्दा गर्दै पनि अख्तियार धाउनुपर्ने अवस्था आएको उल्लेख गरे । सो अवसरमा भ्रष्टाचार विरुद्धको निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend