logo
  • शनिबार, कार्तिक १ २०८३

महाकवि देवकोटा क्याम्पस पुनः क्युएए प्राप्त गर्न सफल भएको छ ।


  • मंगलबार, माघ २३ २०८०

बुटवल, २३ माघ ।

बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थित  सुनवल नगरपालिका वडा नं.४ मा रहेको महाकवि देवकोटा क्याम्पस पुनः क्युएए प्राप्त गर्न सफल भएको छ ।  वि.सं.२०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी गैरनाफामूलक सामुदायिक संस्था रहेको यो क्याम्पसमा स्थानीय  समुदायको उच्च शिक्षाको आवश्यकता पूरा गर्न अगाडि बढिरहेको छ  ।

महाकवि देवकोटा क्याम्पसले वि.सं.२०७४ सालमा सबैको साथ र सहयोग बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गरिसकेको छ ।  प्रत्येक ५/ ५ वर्षमा उक्त क्युएए प्रमाणपत्र नवीकरण गर्नुपर्ने प्रावधान अनुसार क्याम्पसले  गत वर्ष २०७८ फागुन १ मा एल.ओ.आई पेश गरेको थियो । सोही महिनाको ३० गते क्याम्पसद्वारा पेश गरिएको एल.ओ.आई. पास भए पश्चात् वि.सं. २०७९ कार्तिक २१ गते क्याम्पसले एस.एस.आर पेश गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोगको टेक्निकल कमिटीद्वारा एस.एस.आर को अध्ययन गरी पास गरे पश्चात्  वि.सं.२०७९ माघ २३ मा प्रा.डा. शिवकुमार राईको संयोजकत्व साथै विश्वविद्यालय अनुदान आयोगकी सहनिर्देशक भगवती पौडेलसहितको सहकर्मी समिक्षा टोली गठन भएको थियो ।

उक्त सहकर्मी समिक्षा टोलीले २०८० वैशाख १९ देखि २१ गतेसम्म क्याम्पससँग सम्बद्ध समग्र पक्षहरुसँग  अन्तरक्रिया गरी महत्वपूण सुझाव दिएको थियो । पि.आर.टीद्वारा दिइएका सुझावहरुको सम्बोधन गरी क्याम्पसले प्रतिवेदन पेश गरेको थियो ।

सोही प्रक्रिया अन्तर्गत २०८० असोज ३ देखि ७ गते सम्म फाइनल भिजिट सम्पन्न भएको थियोे  । उक्त भ्रमणमा प्रा.डा.शिवकुमार राईको संयोजकत्व साथै प्रा.डा. ज्योति उपाध्याय देवकोटा, विश्वविद्यालय अनुदान आयोगका सहनिर्देशक नारायण भण्डारीको सहभागिता रहेको थियो ।

सबै प्रक्रिया पूरा भए पश्चात्  विश्वविद्यालय अनुदान आयोग यु.जि.सी. नेपालको मिति २०८०/ १०/ १९ गतेको निणर्य अनुसार क्याम्पसको क्युएए प्रमाणपत्र पुनः नवीकरण भएको छ ।

यस महत्वपूण कार्यमा सहयोग गर्ने क्याम्पस सञ्चालक समिति, सल्लाहकार समिति, त्यस क्षेत्रका  सांसद र विधायकहरु,  सुनवल नगरपालिका, क्याम्पस संरक्षकहरु, आजीवन सदस्यहरु, अक्षयकोषदाताहरु र  संस्थामा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरु, अभिभावकहरु, क्याम्पसका पूर्व विद्यार्थीहरु, स्थानीय रोजगारदाताहरु, चन्दादाताहरु, पूर्व सञ्चालक एवं सल्लाहकारहरु, विभिन्न उपसमितिका पदाधिकारीहरुलगायत सबै महानुभावहरुलाई  क्याम्पस प्रमुख नारायण ढकालले  हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend