logo
  • शुक्रबार, असोज ३० २०८३

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा


  • शनिबार, माघ १३ २०८०

बुटवल १३  माघ
दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ ।
शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा  १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार दिने घोषणा गरेको नगर प्रमुख रामकृृष्ण खांणले बताउनु भयो ।
विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगर प्रमुख खांणले बताउनु भयो ।  कप्तान खनालले अफगानिस्तान  विरुद्ध अर्धसतकियपारी सहित ५८ रनको योगदान दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ का स्थायी वासिन्दा रहेका कप्तान खनालले सिगो नगरको समेत प्रतिष्ठा बढाएको  नगर प्रमुख खांणले बताउनु भयो । नगरपालिकाले यस अघिपनि  ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयांले सम्मान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend