logo
  • शनिबार, कार्तिक १ २०८३

छतबाट खसेर मृत्यु 


  • शनिबार, माघ १३ २०८०

बुटवल माघ १३ । दाङको तुलसीपुरमा घरको छतबाट लडेर शक्त घाइते भएकी किशोरीको बाँके तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन । घाइते केसीको उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि  रिफर गरिएको  हो ।  प्रहरी निरीक्षक मल्लले घटनाबारे थप अनुसन्धान सुरु भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend