logo
  • शनिबार, कार्तिक १ २०८३

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



८ माघ, काठमाडौं ।

पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।

मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ ।मोटरसाइकल चालक जी.टी.को दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend