logo
  • शनिबार, कार्तिक १ २०८३

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



८ माघ, बुटवल ।

रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी भट्टले बताए ।

यादव लु५८प २७२८ नम्बरको तथा गुप्ता युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकलमा सवार थिए । दुवैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend